Tuesday, April 7, 2020

पूराना किताबहरु short film concept

खोज्दै थिएं म आज आफ्नै जिन्दगीका मुखपृष्‍ठहरु
कि कतै कसैले लेखिदिएका छन् कि भनि
पूराना किताबले भरिएका तिस पाथे चोकरका बोराहरुमा
जहाँं भेटिए केवल
भौतिक जीवनमा कहिल्यै काम नलाग्ने
परन्तु टुप्पी कसेर पढाईएका
बिज्ञान, गणित अनि अर्थशास्त्रका ठेलिहरु
अरे वाह
अनुरुप कोणहरु
समानान्तर रेखाहरु
पाइथोगोरस सिद्धान्त
साइन ठिटा
एक्सका मानहरु
उपयोगीताका ह्रास नियम
मार्क्स र मार्शलका परिभाषा
के के हुन् के के
अझै पूराना थैलाहरु खन्याउंदै जान्छु
भेटिन्छन्
केही च्यात्तिएका, किराले खाएका
अग्नि-दिक्षा, देवाशुर सँघ्राम
गोर्किको आमा,
कोइरालाका तीन घुम्ती र शुम्निमा
केही बुवाले खरिद गर्नुभएको थियो भने
केही मैले वल्लो घर पल्लो घर अंकलहरुको बाट
नढांटी भन्दा चोरेका किताबहरु,
थाहा छैनन् आज किन अटेनन्
यी पुराना किताबहरु
नयाँ घरका दराजहरुमा?
प्रसङ्ग फरक भएछ,
टक्टक्याउंछु
आमाले पञ्चायत कालमा लुकाउनुभएका
पुराना ढड्डिहरु जहाँ
कांग्रेसिहरुकै उपस्थिती लेखिएका थिए
रातारात हुनेगरेका पंचायति ब्यबस्था बिरुद्धका बैठकहरु 
फेरी प्रसङ्गले बाटो बिराएछ
किन कि आज म खोज्दैथिएं
आफ्नै जिन्दगीका दस्ताबेजहरु,
जो कहिल्यै लेखिएकै छैनन्
झल्यांस्स हुन्छु
केही पूराना किताबहरु त म आँफैले
पूराना कागज खाली शिशी भन्दै आउने
'मधिसे'लाई बेचेको थिएं
भिडियो हेर्न, चनाचटपट र बरफ् खान,
फेरी अर्को च्यातिएको सानो किताब भेट्छु
गौरी शंकर गुटिका
पेज न ८६ अझै कन्ठस्ठ छ
जहाँ लेखिएको थियो मेरो
गायत्री मन्त्र।
अहो कती प्यारो थियो
यो किताब यो गुटिका।।
मनमनै दोश
यो आधुनिकतालाई पनि दिन्छु एति बेला।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...