Saturday, April 4, 2020

नजरबन्द

नजरबन्द
------=//
थोरै मानवता
धेरै सतर्कता
बलियो ऎकबध्यता
जिन्दगी न हो
सबैलाई प्यारो लाग्छ
मृत्यु एक शाश्वत सत्य नै किन नहोस्
र पनि मान्छे
मृत्यु सङ्ग डराउने नै रहेछ।
हो त्यही डरको बिगबिगी छ दुनियाँमा
डर हो असहज मृत्युहरुको
काल पल्किसकेको छ
बुढी मरिसकेकी छ।
लक्षमण रेखा नाघिसकेको छ
अदृश्य कालले
मान्नै पर्नेछ केही कुराहरु
यो कालका पनि
रङ्गभेदको अन्त्य भएको छ
शक्तिसम्पन्नहरु निरीह बनेका छन्
बिज्ञान थाकेको छ ।
एटमका अणुहरु निस्कृय बनेका छन्
एटमको पिरो धुवाँ बिना नै
विश्व युद्ध छेडिएको छ
बादी अदृश्य शक्ति
प्रतिबादी सिङ्गो मानवजाती
न कुरुक्षेत्र
न हिरोशिमा न नागासाकी
युद्ध सोचेको भन्दा छिटो चल्दैछ
न आकाश बाट क्षेप्यास्त्र छोडेका छन्
न जमिन मुनिबाट मिसायल नै
र पनि मृत्यु बढेका बढेयै छ्न्।
र पनि अझै मान्छे निकै आतुर छन्
सुनका कटेरा जोड्न
सायद हिरा जडित कछाड सिलाउन
लोभले छोडेको छैन
सरकार ओछ्यान परेको बेला
प्रजा र रैती नजर बन्दमा छन् ।।
#Covid19 stay safe
By:Kalpana Kalpana Paudel Acharya

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...