Thursday, April 30, 2020

न बनारस पुगेँ, न मथुरा साथी,

भिडमा पनि एक्लोपनले सताउँछ भने
यो जिन्दगीका के कुरा साथी,

बाँच्नु मात्रै त भयो आखिर जिन्दगी भने
सपना के पुरा, के अधुरा साथी?

जिन्दगी जिउने निहुँमा
जिन्दगीलाई नै हिसाब बनाएँ मैले 

जोडघटाऊका मात्रा मात्र बिस्थापित
न बनारस पुगेँ, न मथुरा साथी,

खै! के पायो, त्यो कहिल्यै नपिउनेले
कमसेकम मैले, नशा के हो थाहा पाएँ

बेहोशीमा के उज्याला, के मधुरा साथी
बेफिक्री चल्छन्, उन्मादका पाइलाहरु

एकनाश देख्छु हर, यादका मौषम पनि
के समथर यहाँ, के चुचुरा साथी

समयले नै रेट्छन्, जिन्दगीका गला भने
किन पो चाहियो? धारिला छुरा साथी

मजबुत टेकिन्थे सधैं, हर गोरेटामा खुट्टाहरु
किन हुँदैछन् आज, यी पाइला लुरा साथी 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...