Friday, May 1, 2020

गजल २

हिजोआज त के गर्नु खै, जिन्दगीका कुरा साथी
गन्तब्य नपुगी छाड्दैछु, जीवनयात्रा अपुरा साथी 

बाँच्नु मात्रै भयो आखिर जिन्दगी,गुनासा छैनन् है
सन्तुस्टका नाटक, सपना न पुरा न अधुरा साथी

जिन्दगीलाई हिसाब बनाएँ, जिन्दगी जिउने निहुँमा
गणितका चिन्ह हराएँ, पुगें काशी न मथुरा साथी

के पायो त्यो कहिल्यै नपिउनेले, मैले नशा चाखें
त्यसैले त बेहोशीमा, के उज्याला के मधुरा साथी

समयले नै रेट्नथाले यहाँ, जिन्दगीका गला भने
भन्नुस् त किन पो चाहियो? धारिला छुरा साथी !!

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...