Friday, May 1, 2020

गजल २

हिजोआज त के गर्नु खै, जिन्दगीका कुरा साथी
गन्तब्य नपुगी छाड्दैछु, जीवनयात्रा अपुरा साथी 

बाँच्नु मात्रै भयो आखिर जिन्दगी,गुनासा छैनन् है
सन्तुस्टका नाटक, सपना न पुरा न अधुरा साथी

जिन्दगीलाई हिसाब बनाएँ, जिन्दगी जिउने निहुँमा
गणितका चिन्ह हराएँ, पुगें काशी न मथुरा साथी

के पायो त्यो कहिल्यै नपिउनेले, मैले नशा चाखें
त्यसैले त बेहोशीमा, के उज्याला के मधुरा साथी

समयले नै रेट्नथाले यहाँ, जिन्दगीका गला भने
भन्नुस् त किन पो चाहियो? धारिला छुरा साथी !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...