Thursday, May 14, 2020

गिती गजल

आउन नजिक आईबस तिम्रो बात, सुनिरहुँ लाग्छ
बातै बातका एउटा जाली-रुमाल, बुनिरहुँ लाग्छ ।।

मन उड्छ त्यो बादल माथि, तिमी टाढा हुँदा
जुनिजुनि लाखौं जुनि तिमीलाई, चुनिरहुँ लाग्छ ।।

ईनार खनुँ लाग्छ कहिले, कहिले नहर खनुँ
पानी बनाई तिम्रो माया सदैब, थुनिरहुँ लाग्छ ।। 

मुस्कुराउँदा बतास चल्छ, हाँस्दा दन्तेलहर 
हर शुशेलीमा गीत गुन्जन, झुमिरहुँ लाग्छ ।।

फैलाउँदा बाहुहरु त्यहिंभित्र, हराएँ झैं हुन्छु
यादहरुमा फेरी तिनै तस्बिर, चुमिरहुँ लाग्छ ।। 

बातै बातका एउटा जाली-रुमाल, बुनिरहुँ लाग्छ
जुनि-जुनि लाखौं जुनि तिमीलाई, चुनिरहुँ लाग्छ ।।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...