Thursday, May 14, 2020

गिती गजल

आउन नजिक आईबस तिम्रो बात, सुनिरहुँ लाग्छ
बातै बातका एउटा जाली-रुमाल, बुनिरहुँ लाग्छ ।।

मन उड्छ त्यो बादल माथि, तिमी टाढा हुँदा
जुनिजुनि लाखौं जुनि तिमीलाई, चुनिरहुँ लाग्छ ।।

ईनार खनुँ लाग्छ कहिले, कहिले नहर खनुँ
पानी बनाई तिम्रो माया सदैब, थुनिरहुँ लाग्छ ।। 

मुस्कुराउँदा बतास चल्छ, हाँस्दा दन्तेलहर 
हर शुशेलीमा गीत गुन्जन, झुमिरहुँ लाग्छ ।।

फैलाउँदा बाहुहरु त्यहिंभित्र, हराएँ झैं हुन्छु
यादहरुमा फेरी तिनै तस्बिर, चुमिरहुँ लाग्छ ।। 

बातै बातका एउटा जाली-रुमाल, बुनिरहुँ लाग्छ
जुनि-जुनि लाखौं जुनि तिमीलाई, चुनिरहुँ लाग्छ ।।

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...