Sunday, May 3, 2020

गजल ५

पहिलेभन्दा आजकाल उनको, बोलाई नै बेग्लै छन्
मायामा त परिनन्! एकोहोरो, टोलाई नै बेग्लै छन्।।

भन्छिन् निद पर्दैन अनि, एकान्त प्यारो लाग्छ अरे
च्व कालादाग सुन्दर नयनका, लोलाई नै बेग्लै छन्।। 

केहीभूले जस्तो केहीसम्झे जस्तो, केके पो हो कुन्नी
देख्छु हिंड्दा हिंड्दै पाईलाका, रोकाई नै बेग्लै छन्।।

सृङ्गार गर्छिन् घरिघरी, घरिघरी, कपडा फेर्छिन् उनी 
भुतुक्कै हुन्छ दर्पण ती ओठका, टोकाई नै बेग्लै छन्।।

उफ् कत्ति सुवाएको ओठमा लाली, त्यो कालो गाजल 
टिपीक्क चौबन्दीमा पाखुरीका, डोलाई नै बेग्लै छन्।।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...