Friday, May 8, 2020

घाम पनि जल्छ सानु !!

नचुँड न कोपिलामा, फुले देखि फल्छ सानु
चुन्ड्यौभने त्यसको जीवन, के गरेर चल्छ सानु!!
(मतला शारदा पौडेल दिदी )

हुर्कन देउ देख्न देउ, जीवनका सौन्दर्यता
मलजल् गर्दैगर बरु, हैन भने ढल्छ सानु !!

एक थुङ्गो फूल काफी, प्रेमका ती प्रस्ताबमा
आजको त्यो कोपिला, भोलि कतै बल्छ सानु !!

पर बाट हेर मात्र, नचुँड्नु भो पाप लाग्छ
अपबाद छ पारीजात,बिहानीमा खस्छ सानु !!

कोमलताको परिभाशा, फक्रिएको फूल अरे 
फूल हेरी आकाशको, घाम पनि जल्छ सानु  !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...