Monday, May 25, 2020

सरकार मेरो चितामा आगो लगाइदे ।।

एस्तो लाग्छ, हिजोआज
नाफामा चलेको छ जिन्दगी
मृत्‍युका दाउपेचहरुलाई जित्दै,
त्यसैले त,
मुर्दाघाट सम्म कसैको सहारा चाहिन्न अब 
घाट वरपरका भिजेका मुढा थुपार्न सक्छु,
आफ्नै चिता बनाउन सक्छु
चिता माथि लम्पसार भएर
सरकारलाई बोलाउन सक्छु
कि सरकार
मेरो चितामा आगो लगाइदे ।।
कमसे कम
रोग भोकले त म मरिन
म आफ्नै आँफैले बनाएको चितामा
डढ्न चाहन्छु
न मलाई कुनै कात्रो चाहिन्छ
न मलाई गोहिका मलामी नै
बस सरकार मेरो चितामा आगो लगाइदे।। 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...