Wednesday, May 27, 2020

खुल्ला छन् सडक र पनि, जिन्दगी रोकिएको छ

खुल्ला छन् सडक र पनि, जिन्दगी रोकिएको छ
टिप्दैछ टपटप समय जहाँ'जहाँ यो पोखिएको छ 

चिन्दैन आफ्नै शहरले, छिमेकिका काला पर्दाहरु
जिन्दगी सङ्ग नै जिन्दगीको, मतलब् सोधिएको छ

जात्'धर्म धनी गरीबका, पर्खाल भत्किए पनि अझै
सामाजिक दुरी नामक, त्यो धर्सा कोरिएको छ

खुशी छ त्यो आकाश, झनै चोखो छ धर्ती पनि 
बन्दी छ जीवन, जीवन यात्रा कता मोडिएको छ

डर छैन केहीको दुनियाँमा, हरकोही सङ्ग डर छ
हेर्नुस् न हजुर मृत्‍युसङ्ग पो, सम्बन्ध जोडीएको छ 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...