Saturday, June 6, 2020

गजल

तिम्रो मेरो सम्बन्धको, नाता के दिउँ खै
विश्वाशको हस्ताक्ष्यर, खाता के दिउँ खै ??

न त हाम्रो यात्रा सँगै, न पुग्नु पर्ने ठाउँँ
झरी पनि रोक्कीसक्यो, छाता के दिउँ खै ??

तिम्रो मेरो सम्बन्धको, नाता के दिउँ खै ??

प्रेमिल बातका सन्देशहरु, छापाखाना पुगे
भन यो प्रेमपुस्तकलाई, गाता के दिउँ खै ?? 

धुरी छाएँ प्रितका खरले, पाली ती परेलाले
उध्रिएला मनका छाना, बाता के दिउँ खै ??

तिम्रो मेरो सम्बन्धको, नाता के दिउँ खै
विश्वाशको हस्ताक्ष्यर, खाता के दिउँ खै ??

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...