Tuesday, June 9, 2020

४ शेर गजल



अलिकती खुशी बाहिर, अलिकति भित्र भेटिन्छन्
नियाली हेर्नुभयो भने, ति ऎनामा सचित्र भेटिन्छन् !!

मडारिए पछि त हो नि बादल, झरीको मज्जा पनि
निर्दोश प्रकृति, काला'सेता बादल पवित्र भेटिन्छन् !!

अनेकौं मुकुण्डो भेटिन्छन् बजारमा, किन्नु पर्दैन है
बाहिरी श्रृङ्गार कोतारेर, हेर्नेहो भने चरित्र भेटिन्छन् !!

भन्छन् मौनताले त झनै, उकुसमुकुस बढाउछ अरे
मुस्कुराएर बोल्नुस मात्र, मन मिल्ने मित्र भेटिन्छन् !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...