Friday, June 26, 2020

मृत्‍यु बेच्दैछ सरकार यहाँ

सुन्नुभयो? मृत्‍यु बेच्दैछ सरकार यहाँ
सिटामोल र जीवन जलको लागि
राता कार्पेटमा उभिएर,
सरकार त अझै जिवित छ
जिवित छ र त उ
मृत्‍युका हाटबजार चलाऊँछ
आउनुस् आजै
हामी पनि हाम्रो मृत्‍यु बेचौं
मालामाल कमाई हुनेरहेछ,
के भयो त हामी अभाबमा मरौं
सरकार सम्रिद्धीका खाका कोर्दै गर्छ।
हिजो पहिचानका लागि लड्यौं
आज फेरी तीनहात बित्ता चिहानका लागि लडौं
भबितब्य रातहरु त बिते, बिहानका लागि लडौं
रोल्पा रुकुम बाट छलाङ्ग मारी
बालुवाटारमा सुस्ताउंदै छ सरकार
रोग भोक सामाजिक असन्तुलन निदानका लागि लडौं
आखिर मर्नु नै छ अभाबमा भने,
हाम्रो मृत्‍युको सौदा गरौं एही सरकार सङ्ग
बस तीनहात बित्ताका बगरहरुका लागि
मृत्‍युपछी हाम्रो लासको सौदा नहोस्
बस आफन्तीका काँधका रहरहरुका लागि !!
सुन्नु भयो ?
नेपाली सार्बभौम लिलाममा छ रे आजकाल
अमेरिकी साम्राज्यबाद किन्दै छ रे
अनि सरकार?
लसुन अदुवा बेसार पानीको दुकान खोल्दैछ


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...