Saturday, June 27, 2020

बोत्तल सङ्ग पो जिन्दगी, साटिएछ साथी !!

छाती कलेजो मुटु धेरै, काटिएछ साथी
बोत्तल सङ्ग पो जिन्दगी, साटिएछ साथी !!

पिउँदिन भन्थें अब, टाउको दुखेको बेला
थाहैभएन हिजोराती झनै, मातिएछ साथी !!

म त्यस्तो कहाँं थिएं र? झुट मात्र बोल्ने 
जानी नजानी धेरैलाई , ढाँटिएछ साथी !!

कस्तो नशा रहेछ कुन्नि? आँफैलाई चिनिन
बेहोशीमै जिन्दगीको डोरो, बाटिएछ साथी !!

न याद कसैको, न माया, जिन्दगीमा आज
अति कठोर भो मुटु सायद, माटिएछ साथी 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...