Saturday, June 27, 2020

कोरोनाको कहर

टपक्क टिपेर, कट्याक्क टोक्न पनि नमिल्ने
उ त्यही हो निशानामा, गोली ठोक्न पनि नमिल्ने ।।

कस्तो कोरोना जन्मिस, ए पापी यो दुनियाँमा आज
जिब-जन्तु नै त हो नि, भनेर बोक्न पनि नमिल्ने ।।

मान्छे मान्छे बिच दुरी,आफू अदृस्यमा लुकिस् है
एसो घाटी खसखसायो, लौ खोक्न पनि नमिल्ने ।।

एति धेरै मान्छे मारी सकिस, कहिले अघाउछस
न धार्ने छस् न किलो, अधर्मी जोख्न पनि नमिल्ने ।।

तलाई पूजा नै गर्थें बाचुन्जेल, सर्लक्क संसार छोड
पापिस्टलाई छुट्टै स्थापना गरी, ढोग्न पनि नमिल्ने ।।

कल्पना आचार्य पौडेलको फेसबुक वालबाट 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...