Friday, May 8, 2020

प्रेमका बात बिक्दैनन् !!


     कहिले दिन, कहिले रात बिक्दैन
हिजोआज त, प्रेमका बात बिक्दैनन् !!

बजारिया भए रे, प्रीतका नजरहरु
बेहोशीमा भए, सबै मात बिक्दैनन्!!

हराएछन् कोईली, कहाँ गए न्याउली
गाउँथे विरहमा, ब्यथा घात बिक्दैनन् !!

भेटिन सम्बन्धमा, जरो खोतल्नेहरु
बाँकी रहेका, बोटमा पात बिक्दैनन् !!

लिलामीमा हुन्छन्, मनमुटु चर्कने छाती
हिजोआज ति, खातका खात बिक्दैनन्!



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...