Tuesday, May 26, 2020

मौनता भित्रका कहरहरु

मौनता भित्रका कहरहरु
नितान्त नि:शब्द छन् लहरहरु
र पनि धेरै बोलिरहेका हुन्छन्
किनार सम्म आएर अस्तित्व मेटाउनु पर्ने 
आफ्नै बिवसता झेलिरहेका हुन्छन्
मान्छे त्यही लहर सङ्गै दौडन खोज्छ
कति सजिलै भन्छौं शान्त सागर
तर के थाहा
त्यो शान्ति भित्रका हुन्डहरहरु
आन्धी, तुफान, चक्रपात,
अनि सूनामी पनि।
ब्यस्त लाग्ने यो सामुन्द्री किनार
आज निकै मौन छ
एस्तो लाग्छ
म सङ्ग केही भन्न खोज्दैछ
अनि म केही त बुझेको झैं गर्दै
परबाटै त्यो मौनतालाई नियाल्दै
हिडिरहेको हुन्छु।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...