Friday, May 1, 2020

गजल ३

जे जे हुन्छन् यहाँ, रातारात हुन्छन्
अङ्गालोमा झन्धेरै, अन्तरघात हुन्छन्

सत्ताको प्यास, नमेटिने भो कहिल्यै
त्यसैले सरकार, ढाल्ने बात हुन्छन्

बिर्सियौ जन हो? कुकुरका माझ हड्डी
हड्डीकालागि जिन्दाबाद मुर्दाबाद हुन्छन्

किन कि यो नै, राजनीति हो साथी
तबतब त, महामहिम् बर्बाद हुन्छन्
-----------------------
जे जे हुन्छ! हुन्छ यहाँ, रातारात हुन्छन्
हामी सोझा जनतामाथि, बज्रापात हुन्छन्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...