Friday, May 8, 2020

मन नै बहकिन खोज्छ

कति कमजोर अनि कोमल छन् है मनका तन्द्राहरु? साना हावाका झोकाले पनि तर्सने,अलिखित जीवन
कहानीहरुलाई आत्मसाथ गर्दागर्दै पनि निकै भावुक हुन पुग्ने यो मन, आखिर के ले बनेको होला? कहर, आर्तनाद, क्रन्दनहरुलाई पनि कति सजिलै आफुमा समेटी ओठहरुलाई मुस्कुराउन सिकाउने मन के साच्चै नै कोमल छैन त? कहिले जीवनका आँधिबेहरी कहिले सूनामीहरु त सजिलै थामेका परेलीहरु हिजोआज केही मलिन लाग्छन जब एना हेरेर मुस्कुराउन खोज्छु म। सायद केही थकान होलान केही बिवसता उसका पनि हैनन् र?अबस्य पनि दुनियाँ मृत्‍युसङ्ग लडिरहेको छ कथित कोभिड १९ भाईरस सङ्ग अनि मन आँफैसङ्ग। थाहा छैन अझै कति दिन क्कती हफ्ता अनि महिना अझै यसरी बन्दी बनेर बस्नु पर्ने हो? आकाशमा अन्श बण्डा गर्नेहरु, चन्द्रमामा घडेरी किन्नेहरु अनि मङ्गल ग्रहमा बस्ती बसाल्नेहरु सिमित कोठिमा बन्दी छन्। आखिर कहाँ गए ती सब घमण्ड, पैसा, सौरत। एस्तै सम्झिएर मन लाई बुझाउन खोज्छु। गीताका सार सम्झन्छु, पिउरीका बत्तिहरु बाल्छु, अनि यसरी नै मन भुलाउन लेख्नेगर्छु। आखिर मन नै बहकिन खोज्छ सायद त्यसैले पनि भनिएको होला मन चन्चल हुन्छ, स्थिर हुँदैन।

सामाजिक दुरी राख्छु भन्दाभन्दै थाहाछैन कतिटाढा जादैछौं हामी। यस्तो लाग्छ आजको यो दुरिले कतै पूराना सामिप्यताका अङ्गालाहरु सधैंका लागि रित्तो त बनाउदै छैनन्। के थाहा भनिन्छ नि बानी परेपछी। 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...