Friday, May 1, 2020

गजल ४

कोही छ यहाँ बताईदिने, देश कसरी चल्छ हजुर
कानुन छैन अदालतमा, केस कसरी चल्छ हजुर?

अपाङ्ग हुँदै गा´छ सरकार, मैदानको घोडा जस्तै
यस्तो बेलाँ बिरोध मात्रै परि'बेश कसरी चल्छ हजुर?

प्रतिपक्ष अबरुद्धमा मस्ती, सत्तापक्ष त कठै बरा
युवा शक्ती बिदेश तिर स्वदेश कसरी चल्छ हजुर?

दौरा सुरुवाल र पटुकी बिर्सी टाइ सुट कसे पछी
लौ त देश अनुसारको , भेस कसरी चल्छ हजुर?

हर पाइलामा ठेस लाग्छ हर गासमा ढुङ्गा हजुर 
लौन मलाई बताइ दिनुस् देश कसरी चल्छ हजुर??

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...