Friday, May 8, 2020

गजल

नबस न नयन भित्र, बस्यौ भने झर्न सक्छौ
आँसु सङ्गै खस्यौ भने, अलपत्र पर्न सक्छौ  !!
(मतला: शारद पौडेल)

बषन्तको याम हेरी, फूलैफूलको गजल लेख
माया-प्रेमको बगानमा, पिरती नै छर्न सक्छौ !!

भावना त भावना नै हुन्, शब्दका चयनभित्र
परेली'बाट खसे पनि, अन्जुलीमा भर्न सक्छौ !!

अजम्बरी हुन्छ भन्छन्, चोखोमनका प्रितहरु
धोकाधडी र अबिश्वास, गर्यौ भने मर्न सक्छौ !!

जिन्दगी त जुवा रैछ, हारजीत् स्विकार्नु पर्ने
जित्यौभने तिम्रो भएँ, मनले  चाहे गर्न सक्छौ !!

श्रीभक्त आफन्त  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...