Saturday, May 16, 2020

मृत्‍युका खबर छन् अखबारमा

आजभोलि, मृत्‍युका खबर छन् अखबारमा
कालले भन्दा त, हतासले धेरैमरे बजारमा !!

जिउँदो को नै पो छन्, नमरेकाहरु यहाँ
हिजोका तिनै घाईतेहरु, जीवनका टकरारमा  !!

दासत्वमा बाँचेकाहरुले, गूलामीको भजन गाए 
रेटिन तयार छन् उनै, महाराजका तरवारमा !!

कहिले महङ्गीले मरे, कहिले सपनाले थिचेर
थाहाछैन, के छ, के छैन त्यो हाम्रो सरकारमा !!

म भन्छु एउटा मृत्‍युले, त्यो काल पल्काउँदैन
गोर्खे भोटे ताल्चा ठोक, सिमाका गजबारमा  !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...