Tuesday, April 7, 2020

गजल:भाईरस बनि पसे हुन्थ्यो

सधैं किन हतार सानु, छेउ मै आई बसेहुन्थ्यो
यो छातीमा पिरतीका, तिखा काँडा डसेहुन्थ्यो!!

कतिधाउँ म लेकबेशी, जुनि बित्यो पछिलाग्दा
विश्वाश गरी मायालुले, पटुकी त्यो कसेहुन्थ्यो !!

घमण्डको पहाड चढ्यौ, सुन्दरताको नदी तरी
आउनु पर्ने हो सतहमै, शिखर बाट खसेहुन्थ्यो !!

मर्थेँ बरु तिम्रैकाखमा, अमृत भनि बिष: देउ 
हैन भने धारिला सब, चक्कु छुरी धसे हुन्थ्यो !!

यसै रोगी उसै रोगी, दिर्घ रोगी बनाई सक्यौ
नजर हुँदै मनमुटुमा, भाईरस बनि पसे हुन्थ्यो !!

- श्रीभक्त पौडेल 'आफन्त'
 स्पेन

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...