Tuesday, April 14, 2020

सुर्योदय र सुर्यास्त हेर्न खोज्छन्

मृत्‍युका खबरले आक्रान्त दुनियाँ
केहीक्षण राह्त खोज्न दौडन्छन्
घरका झ्याल खोलेर
सुर्योदय र सुर्यास्त हेर्न खोज्छन्
कतै न कतैबाट
सुस्तरी ल्याउने छन्
सुखद खबरहरु बतासले भनि   
फाटे हुन्थ्यो झैं हुन्छ
क्षितिज माथिका कालो बादल
छिट्टै फाटे पनि हुन्थ्यो झैं हुन्छ
बिहानी कुहिरो
किन कि
सुर्योदय र सुर्यास्त सङ्गै
लाखौं कामना जोडीएका हुन्छन्
कि हरेक पटक
बिहानीका लाली अनि साँझका सिन्दुरीले
सुखद खबर ल्याउनेछन् भनेर,
कति एक्लिए होलान्
धेरै नियास्रीए होलान्
उपत्याकाका चार भन्ज्याङ्गहरु पनि 
मनकामनाका केबलकारहरुमा खियापो लागिसके
मुग्लिनका कान्छाहरुले भात खान पाए कि पाएनन् होला
गोर्खा दरबार र मन्दिर बन्दै थिए
बाटुले चौरका गाईनेदाईहरुले
भोलिका दिनमा कस्तो बिरह पो सुनाउने हुन्

घरभित्र आस्थाका दिपहरु जलिरहेका हुन्छन्
विश्वाशका घडाहरु भरिएका हुन्छन्
कि अझै विश्वाश छ
हरेक मनका भगवानहरु प्रति 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...