बिनायक अधिकारी
अस्ट्रेलिया
सत्कार तब ढोकामा देखिन्छ, घडामा जल थपेपछिस्वागतका पर्खाइमा बस्नु है, नयनमा चंचल थपेपछि ।।
त्यो चन्द्रमा हेरी टोलाउनुको, पनि छुट्टै मज्जा रहेछ
बाजा लिएर आउनेछु म, शिरमा मखमल थपेपछि ।।
लगन नजुर्ने भो एसपाली, आमाको पिर बैशाखमा
घर र छोरा उजेलिन्छन् रे, बुहारीको आगमनपछि ।।
अहो कस्तो होला त्यो रौनक, मायालु आभाशमा
बज्ने पाउजुमा खनखन चुराको, छलफल थपेपछि ।।
सुहागरातमा बलिरहेको बत्ति, त एक्लै मुस्कुरायो
बन्द कोठामा मधुर मधुर, चहलपहल थपिएपछि ।।
No comments:
Post a Comment