Monday, April 6, 2020

मृत्‍युका शिलशीलाहरु


 कविता

साँझ ८ बजे
थपडी, सिट्टी र पटकाको आवाज सङ्गै 
दिवा तन्द्राहरु ब्युझिंन थाल्छन्
सुनेको हुन्छु
शहर लकडाउनमा तङ्रिन खोज्दैछ
मृत्‍युले थिचिएको शहर हिजोआज
सुनसान गल्लिहरु
एम्बुलेन्सका साइरनले सडकहरु
सुस्ताउन पाएका छैनन्।
आकाश खुलेको छ
सागर शान्त छ
पहाडहरु शरदका रङ्गहरु पखाल्दै छन्।
यो त्यही शहर हो
जहाँका हस्पिटलहरु
मृत्‍युका तथ्यांक निकाल्न ब्यस्त छन् ।
एति लेख्दासम्म मेरा औंलाहरु कामिरहेका छन्
म एस्तो शहरमा छु
कि जहाँँ मृत्‍यु मृत्‍यु हैनन्
महोत्सब हुन्।
रोकिएकै छैनन्
मृत्‍युका शिलशीलाहरु 
बन्द कोठामा क्यान्डल बालेर
भगवान सम्झनु बाहेक केही गर्न सक्दिन म।
हरेक न्युज पोर्टलहरु हानथाप गरिरहेका छन्
कसले छिटो मृत्‍युको तथ्यांक प्रेसित गर्न भनि
कल्पना सम्म गर्न सक्दिन म
कि कस्तो होलान् ति लाशका पहाडहरु?
जमिन पुगेका छैनन् लासहरुको लागि 
बिद्धुतिय सब गृहमा पालो पर्खाईमा छन्   
अझै हज्जारौं लाशहरु ।
धन्न छन् सेता पोशाकका जिवित भगवानहरु
नमन गर्छु सबैलाई
उनै हुन् नायकहरु
लडिरहेका छन् यस मृत्‍यु बिरुद्ध।
सोच्छु कति कठिन भएको होला
एक मुठी प्राण जान
कति ज्याद्रो होलान् ति मृत्‍युहरु
तड्पाई तड्पाई लुछिरहेका छन्
जिवित जीवनहरु।
आफ्नै छाती छाम्छु
घाँटी छाम्छु
निधार छाम्छु
धन्न म त जिवित नै रहेछु।
फेरी अनलाईन न्युज पोर्टलमा आँखा पुर्याउंछु
मृत्‍युका ग्राफिक उकालो चढिरहेकै छ ।
अहो कस्तो मृत्‍युका शिलशीलाहरु?
म मेरा भगवान सम्झन्छु
जिसज क्राइस्ट सम्झन्छु
मुहम्मद अल्लाह सम्झन्छु
अनि सात समुन्द्रपारीका
मेरा आफन्त सम्झन्छु
फेरी सम्झन्छु म मेरो
यही शहर।
छिटोछिटो तेल सकिन लागेको दियोमा 
तेल थप्छु
अर्को एक क्यान्डल बाल्छु
आँखा चिम्लिएर दुई हात जोड्छु
कि रोकियोस यी मृत्‍युका शिलशीलाहरु ।।
- श्रीभक्त पौडेल "आफन्त"
सान सेबास्टियन, पाइसभास्को
राज्य गिबुज्कोआ

ं एति लेख्दा सम्म स्पेनमा कोरोनाको महामारीमा ज्यान गुमाउनेको सन्ख्या १३०५५ पुगेको जानकारी गराउँछु ।


 poem sent to साझापोस्ट डट कम

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...