Saturday, June 27, 2020

एक मुठी श्वासको, त भर हुन्न यहाँ

यात्री न हुँं  'म'  एक्लो छु, यो यात्रीको घर हुन्न यहाँ
टुक्रेका पत्थर बिर्स्यौ? नभन खहरेको बगर हुन्न यहाँ !!

हरेक साँझ भट्टिमा बसेर, मलाई पिउन हुन्न भन्नेहरु
बिहान बर्बराउँछन् उनै, पिएपछी कुनै डर हुन्न यहाँ !!

टाढानै बस्नु साथी, ती नक्कली हांसो हांस्नेहरु भन्दा
किन कि, उनलाई हाम्रो मुस्कान हेर्ने रहर हुन्न यहाँ !!

फूलका कालिनले बिझाउँछन्, काँडामा भेट्छु निदरी 
त्यसैले त मलाई मखमली दरबारको, रहर हुन्न यहाँ !!

माया बाँढेर हेर 'श्री' विश्वाश भरोषा टुट्दैन भन्छन्
के थाहा? यही एक मुठी श्वासको, त भर हुन्न यहाँ !! 

कोरोनाको कहर

टपक्क टिपेर, कट्याक्क टोक्न पनि नमिल्ने
उ त्यही हो निशानामा, गोली ठोक्न पनि नमिल्ने ।।

कस्तो कोरोना जन्मिस, ए पापी यो दुनियाँमा आज
जिब-जन्तु नै त हो नि, भनेर बोक्न पनि नमिल्ने ।।

मान्छे मान्छे बिच दुरी,आफू अदृस्यमा लुकिस् है
एसो घाटी खसखसायो, लौ खोक्न पनि नमिल्ने ।।

एति धेरै मान्छे मारी सकिस, कहिले अघाउछस
न धार्ने छस् न किलो, अधर्मी जोख्न पनि नमिल्ने ।।

तलाई पूजा नै गर्थें बाचुन्जेल, सर्लक्क संसार छोड
पापिस्टलाई छुट्टै स्थापना गरी, ढोग्न पनि नमिल्ने ।।

कल्पना आचार्य पौडेलको फेसबुक वालबाट 

बोत्तल सङ्ग पो जिन्दगी, साटिएछ साथी !!

छाती कलेजो मुटु धेरै, काटिएछ साथी
बोत्तल सङ्ग पो जिन्दगी, साटिएछ साथी !!

पिउँदिन भन्थें अब, टाउको दुखेको बेला
थाहैभएन हिजोराती झनै, मातिएछ साथी !!

म त्यस्तो कहाँं थिएं र? झुट मात्र बोल्ने 
जानी नजानी धेरैलाई , ढाँटिएछ साथी !!

कस्तो नशा रहेछ कुन्नि? आँफैलाई चिनिन
बेहोशीमै जिन्दगीको डोरो, बाटिएछ साथी !!

न याद कसैको, न माया, जिन्दगीमा आज
अति कठोर भो मुटु सायद, माटिएछ साथी 

गजल

मन पानी थियो, उसले जलाएर गई
निर्जिब भईसकेको मुटु, चलाएर गई !!

भन्दै त थिई, सागरपनि नुनिलो हुन्छ 
बगेका गहहरु एकैठाउँँ, तलाएर गई !!

उसैत अषाढ यो चिडचीडाहट गर्मिमा 
झनै लत्रक्कै यही शरीर, गलाएर गई !!

बन्जर लाग्थ्यो जिन्दगी, माया नपाएर
मरु-भूमिमा प्यारै प्यार, फलाएर गई !!

सम्हालिन धौ थिए, नजरका बिष:हरु
उन्मुक्त यौवनका चाहना, ढलाएर गई !!

Friday, June 26, 2020

मृत्‍यु बेच्दैछ सरकार यहाँ

सुन्नुभयो? मृत्‍यु बेच्दैछ सरकार यहाँ
सिटामोल र जीवन जलको लागि
राता कार्पेटमा उभिएर,
सरकार त अझै जिवित छ
जिवित छ र त उ
मृत्‍युका हाटबजार चलाऊँछ
आउनुस् आजै
हामी पनि हाम्रो मृत्‍यु बेचौं
मालामाल कमाई हुनेरहेछ,
के भयो त हामी अभाबमा मरौं
सरकार सम्रिद्धीका खाका कोर्दै गर्छ।
हिजो पहिचानका लागि लड्यौं
आज फेरी तीनहात बित्ता चिहानका लागि लडौं
भबितब्य रातहरु त बिते, बिहानका लागि लडौं
रोल्पा रुकुम बाट छलाङ्ग मारी
बालुवाटारमा सुस्ताउंदै छ सरकार
रोग भोक सामाजिक असन्तुलन निदानका लागि लडौं
आखिर मर्नु नै छ अभाबमा भने,
हाम्रो मृत्‍युको सौदा गरौं एही सरकार सङ्ग
बस तीनहात बित्ताका बगरहरुका लागि
मृत्‍युपछी हाम्रो लासको सौदा नहोस्
बस आफन्तीका काँधका रहरहरुका लागि !!
सुन्नु भयो ?
नेपाली सार्बभौम लिलाममा छ रे आजकाल
अमेरिकी साम्राज्यबाद किन्दै छ रे
अनि सरकार?
लसुन अदुवा बेसार पानीको दुकान खोल्दैछ


Tuesday, June 16, 2020

edit req

बिहानी सङ्गै सपनाको अन्त्य हुँदो रहेछ
केही सपनाले भने भित्र कतै छुँदो रहेछ

दोश रातलाई कहिले जूनलाई पनि दिएँ   
त्यसैले निशा सित् बनि यहाँ रुँदो रहेछ

सारङ्गी किन रोएको होला थाहा पाउंदैछु
थाहा थिएन पिरले नै पो पिर धुँदो रहेछ 

Saturday, June 13, 2020

required more edit of Dangi ji

चिच्याउन देउ,, कराउन देउ ,, रुनदेउ ,,
एकै छिन मलाई पनि
दुनियाँ बिर्सी,, आँफै भित्र,, हराउन देउ;;
एकै छिन मलाई पनि
खोस्रिने छैन भो म तिम्रो मनको सिमाना
चाहिदैन भो  खुशी हुन कुनै बहाना
मेरै आसुमा डुब्न् देउ छलाङ्ग लाउन देउ
किन भने
मेरै आसुले प्यास मेट्न देउ मलाई अमृत सरी
ओछ्याउन्न अब यी आँखाहरु तिमी आउने बाटो भरी
रिसाएर तिमीले मलाई निस्ठुरी नभन्नु फेरी   


----------------------------



म कहाँ हराकी रैछु भन्नेहरु हरपल खोजिरैछु 
म जसको जरुरी ठान्थे बरु तिनकै बोझ रैछु

Tuesday, June 9, 2020

४ शेर गजल



अलिकती खुशी बाहिर, अलिकति भित्र भेटिन्छन्
नियाली हेर्नुभयो भने, ति ऎनामा सचित्र भेटिन्छन् !!

मडारिए पछि त हो नि बादल, झरीको मज्जा पनि
निर्दोश प्रकृति, काला'सेता बादल पवित्र भेटिन्छन् !!

अनेकौं मुकुण्डो भेटिन्छन् बजारमा, किन्नु पर्दैन है
बाहिरी श्रृङ्गार कोतारेर, हेर्नेहो भने चरित्र भेटिन्छन् !!

भन्छन् मौनताले त झनै, उकुसमुकुस बढाउछ अरे
मुस्कुराएर बोल्नुस मात्र, मन मिल्ने मित्र भेटिन्छन् !!

Saturday, June 6, 2020

गजल

तिम्रो मेरो सम्बन्धको, नाता के दिउँ खै
विश्वाशको हस्ताक्ष्यर, खाता के दिउँ खै ??

न त हाम्रो यात्रा सँगै, न पुग्नु पर्ने ठाउँँ
झरी पनि रोक्कीसक्यो, छाता के दिउँ खै ??

तिम्रो मेरो सम्बन्धको, नाता के दिउँ खै ??

प्रेमिल बातका सन्देशहरु, छापाखाना पुगे
भन यो प्रेमपुस्तकलाई, गाता के दिउँ खै ?? 

धुरी छाएँ प्रितका खरले, पाली ती परेलाले
उध्रिएला मनका छाना, बाता के दिउँ खै ??

तिम्रो मेरो सम्बन्धको, नाता के दिउँ खै
विश्वाशको हस्ताक्ष्यर, खाता के दिउँ खै ??

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...