Saturday, July 24, 2021

सुन्छु कसैकसैले त नुन, बारी सके यार !!

मलाई आफ्नैले जालमा, पारी सके यार
धुकधुकी छँदैमा मठमा, सारी सके यार !!
 
खै कसले पुर्याएछन्, झुटका समाचारहरु  
सुन्छु कसैकसैले त नुन, बारी सके यार !!

देख्यौ नि मेरा मलामी, घाट पुगिसकेछन् 
उ हेर बाँसे खटियाबाट, झारी सके यार!!

लुछ्न लुट्न पल्किएका,ती आफन्तहरुले  
पुरानो खरबारी समेत, खारी सके यार !!  

तिमी अझै नि, चक्कुछुरीका कुरा गर्छौ 
बुझ्दैनौ मेरै सपनाहरुले, मारी सके यार !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...