Thursday, July 8, 2021

प्रमोद अधिकारीको गजल

न पग्लिने नौनी रहिछौ मेरो ताप खेर गए  
जवानीका मौशम हिउँद बर्षा राप खेर गए !!

न नजिक बस्न दियौ न टाढा रहन आखिर 
लागे लाग्थ्यो मलाई बरु ति पाप खेर गए !!

यता प्यासमा म हुने तिमीले कुवा लुकाउने 
तिम्रा बहेली खेल्ने खोलिका ढाप खेर गए !!

जहाँँ भन्छ्यौ त्यहीँ जसरी भन्छ्यौ त्यसरी 
दिन्थें कोमल दस औंलाका छाप खेर गए !!

चल्नै दिईनौ ईन्जन खिया लागे पाटपुर्जामा 
त्यही गतिमा चल्थ्यो मोटर चाप खेर गए !! 
---------
रेक्याभिक आइसल्याण्ड  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...