Sunday, May 31, 2015

हार्नु पर्ने जीवनहरु EQ

खेल रैछ धर्तिको, हार्नु पर्ने जीवनहरु
बाचुं लाग्ने रहर, मार्नु पर्ने जीवनहरु

नभरिँदै झोला जिन्दगीका चोला तिनै
मलामी कात्रो बिना तार्नु पर्ने जीवनहरु

जिन्दगीको कमाइ, ढुङ्गा माटो छानो
थिचियो त्यसैमा, फार्नु पर्ने जीवनहरु

क्षण् भरमै अहो, महल बाट सडकमा
आखिर राहतमा, टार्नु पर्ने जीवनहरु

गएका फर्कँदैनन्, आफन्ती आफन्तका
बाँकी केवल आँसु, झार्नु पर्ने जीवनहरु

गजल EQ

कम्पन धर्तिमा, भत्कियो  शहर सारा
देवताका मुर्ति, ढल्कियो शहर सारा

दैब लाग्यो भने, कस्तो दैब रै´छस ?
घरीघरी फर्किस्, बल्कियो शहर सारा

भग्नाबेस बन्यो, हेर्दा हेर्दै बस्तिहरु
मृत्‍यु त्यो खबर्, सल्कियो शहर सारा

त्राषदी´ले ढाक्यो, तंलाई कसले डाक्यो
मेचि महाकाली, लच्कियो शहर सारा

के रै´छ र आफ्नो, जिन्दगीका चोलाहरु
महल् छिर्न आफ्नै, हच्कियो शहर सारा
शहर(देश)

गीत पिरतीले, मात दिएन

फूल दिन्छु भन्नेले, पात दिएन
जँघारमा आज् किन, हात दिएन


भूलीगयो कसम् देउरालीको बाचा 
दिन् बित्यो बेचैनमा, रात दिएन।।

नशा अरे पिरती हल्का पिउन थालें
मलाई भने पिरतीले, मात दिएन


जुनि काट्ने संसङ्गै, भनि भेटमा
बेइमानिले आखिरमा, साथ दिएन


फूल दिन्छु भन्नेले, पात दिएन
जँघारमा आज् किन, हात दिएन

गीत गजल

उनको आङ्गनमा त, जून उदाउंछु भन्छ
कसोरी सहनु मैले, आँखा जुधाउंछु भन्छ

ति लजालु ओठ उन्का,ती नयनमा छिरेर
सुटुक्क मेरी उनलाई, आजै कुदाउंछु भन्छ

गोधुलिमा बास बस्न, बलेशिमा झर्छ जून
धर्ति´मा परीहरु´को, कथा सुनाउंछु भन्छ 

पोल्टा भरी ताराहरु, चुल्ठाभरी लालिगुरांश्
सिउंदो भर्न इन्द्रेणी, पनि चुडाउंछु भन्छ

प्रहर् प्रहर ब्युंझाउंछ, चिमोटेर रोशनीले
पुर्णिमाको झोलुङ्गोमा, अहो झुलाउँछु भन्छ

लुट्पुटिएर उनकै काखमा, खेल्छ मेरै सामु
जिन्दगीका पिर ब्यथा, सदा भुलाउंछु भन्छ

उनको आङ्गनमा त, जून उदाउंछु भन्छ
कसोरी सहनु मैले, आँखा जुधाउंछु भन्छ

तानेर घाम जून आकाशका, प्र´हर बसाल्नु छ

भत्किएका महल सँगै, शहर बसाल्नु छ            
क्षतबिक्ष्यत मनहरुको, लहर बसाल्नु छ 

चोइटिए छाती कतै, चुंडिए जिन्दगी कतै                                                       मार्नु पनि त भएन ति, रहर बसाल्नु छ 

हराएका अझै छैनन्, आत्मा कबिहरुको पनि                                                 बर्ण-बिन्यास  बिग्रहका, बहर बसाल्नु छ 

झेल्यौं झेल्नु थियो, उतार चढाव् प्रकृतिका                                                     तानेर घाम जून आकाशका, प्र´हर बसाल्नु छ   

भग्नावेशका थुप्रो भित्र, बांकि कति आस्थाहरु                                                 खोजी तिनै आस्था पुरानै, शहर बसाल्नु छ 


एउटा बिरसिलो पेज

नपिएकालाई के थाहा, पिउनुको मजा के हो
पिएकालाई सोधी हेर, जिउनुको सजा के हो
----------
मुर्दा लुटेपछि के जलाउने हुन् कुन्नी
रोपी ढुँगामाथि के फलाउने हुन् कुन्नी
भैंसी पूजा गर्ने, मन्दिर नछिरे हुन्थ्यो
ठिमा काटेपछि के बलाउने हुन् कुन्नी
----
तिम्रा ओठका लाली चोर्दिन अब
गीत कबिता खाली कोर्दिन अब
-----------
थाहै पाईन, यात्रा मेरो, यहाँ तुरिएछ
हिंड्दाहिंड्दै, गोरेटा ति, जहाँ पुरिएछ
---------
हो मलाई ईशारा पूरानो चाहिन्छ
आधुनिकताको आवाज सुन्दिन म बुझ्दिन पनि
....
पिरतीको बजारमा रमिता देखायौ
जहाँ रमिते मेरा आफन्त मात्रै !!
,,,,,,,,,
किन हल्लिन्छ धर्ति, बुझ्न सकिन
हिजोआज त्यो मूर्ति, पुज्न सकिन
¿¿¿¿¿
थाकिसक्यौँ हल्लिएर,
तँ थाक्दैनस् ?
कहिले धक्का कहिले कम्पन
कहिले सम्म चर्काउँछस्
हरिया फांट र मायालु छातीहरु
मध्यान्हमा त आउने जाने गरिस् गरिस्
आज त रात पनि भनिनस् है?
--------
फेर्यौ कि उही हो, जवाफ पूरानो ?
उस्तै छ छातीमा, दवाब पूरानो!
-----------
बत्तिमा तेल थप्ने मन छैन
अती भो पिडा खप्ने मन छैन
सुनेन देउताले, आवाज् मेरो
त्यसैले माला जप्ने मन छैन
-----
भग्नाबेशमा पनि त भरोशा रहेछ
टक्टकिन्छन् ईन्ट र पत्थर पनि
अर्को पूर्ण धरोहर बनेर
उठ्नेछ एक दिन राजधानिको मुटुमा!....
---------
तिमी बाटो नबदल, म तर्कि दिन्छु
भन्छौ भने सुनपानी, म छर्कि दिन्छु
नफुट भो भित्रभित्रै, पिडा बढी जान्छ्
फुट्नै परे एेना सरी, म चर्की दिन्छु !!

----
दिलको सुन्ने होकि मनको, सुझाब पाउन साथी
किन रुन्छ न्याउली बनको, सुझाब पाउन साथी ,,
----------
सपना मेरो सत्य् थियो, बिपनाले हार खायो
समयको अचानो´मा, जिन्दगीले धार खायो
-
 बढार्ने बतास होइन, उडाउने हुरी चल्यो
घाइते थिएं उसै´पनि, उधाएको छुरी चल्यो
-
रिसानी माफ हजुर, बिहानीको बेला थियो
अहिलेपो चाल पाएं, जवानीको मेला  थियो
-
नखोज बांध्न आज, चलेका छन् हातहरु
सक्छौ आगो निभाउ, जलेका छन् रातहरु
-
खान्न भो बाचा कसम, निभाउने कोही छैनन्
एक्लो भयो आफन्त´नी, रिझाउने कोही छैनन्
-
च्याते हुन्छ प्रेम-पत्र,  मेरो नामका अहिले नै
छाडे हुन्छ बोली पनि,  अभिमानका अहिले नै
-
महल हुनेको पनि त सडकमा बास पर्‍यो
भन्नुस् त कोही कसैको यहाँ खास पर्‍यो?
-
धुलोधुलो भयो मन्दिर, देउता कै शहरमा
रहेन मान्छेको तक्दिर, देउता कै शहरमा
गजुर ढले आस्था टुट्ला, पूजागर्ने कहाँ अब
छैनन् देउताको तस्बिर, देउता कै शहरमा
-
मान्छेले बनाएको पर्खाल दैबले भत्कायो
इँट्´सिमेन्टको होइन धनी गरीबको क्या
बसी बियाँलो
आईतवार
३/4 मे,२०१५

धोका त प्रकृतिले पनि दिंदो रहेछ
जहाँ तिम्रो धोका नगन्य नै रह्यो !
-
भेटें यो बाटोमा, मोड अनेक अनेक
भाग् गुणा घटाऊ, जोड अनेक अनेक
भोग्नु पर्ने आहत्´हरु, राहत् पाईएन
¨दैब¨ लागे पछि, तोड अनेक अनेक
 ----
मृत्‍युको चटारो देखायो दैबले
कालको झटारो देखायो दैबले
नअघाउने रैछ् असती आखीर्
बिभत्स लठारो देखायो दैबले
---
एउटै छ भगवान् भन्छन् धाम फरक फरक
आखिर् किन भगवान कै नाम फरक फरक
---
झार्दिन म आँसु पुछिदिने कोही छैन
मेरो मनको बह् बुझिदिने कोही छैन
---
जति राहत झरे पनि, अभाब उस्तै छ
यहाँ पोल्टो भर्नेहरुको, प्रभाब उस्तै छ
----
dil nadukhdo ho ta, birsane thie yo duniyaa
bekaaramaa samjher rundaichhu ma, samjhera tyo duniyaa
jo na aafno thiyo na kahilyai aafno hunechha,,

कस्तो दैब लाग्यो हजुर बास उठायो
सुखदुखमा साथ दिने खास उठायो
भग्नाबेश छट्पट्यौं के ले थिच्यो कुन्नी
कस्तो पापी दैब जिउंदो लास उठायो
--------
बस्तिमा आज लास उठ्दैन
राहत् मा एक गास जुट्दैन
दुईमुठी सास रहुन्जेल यहाँ
आफन्तको कुनै आस टुट्दैन ,,
---
महलबाट हराएको झुपडीमा पाईन्छ आजकाल
भुसुना लाम्खुट्टेले टोक्दैन निदाइन्छ आजकाल

सायद यही साम्यवाद हो भात्किए पछी पर्खाल
ब्यन्जन नरुच्ने सरकार रुखोसुखो खाइन्छ आजकाल

EPA को २५ औं वार्षिक उत्सवमा EPA परिवार Herreraले भूकम्प पीडितहरुलाई राहत  स्वरुप ५५० युरो युनिसेफ स्पेनको खातामा नेपाल भूकम्प शिर्शकमा पठाएको हुनाले धन्यवाद स्वरुप बोलेका दुई शब्द।

En nombre de todos los alumnos, nepalíes, y mis amigos de Donostia, me gustaria dar las gracias a todos los profesores, personal y alumnos y a todos los ques has tomado parte en esta ayuda y colecta. Como ustedes saben: Si no hay religion entonces hay humanidad. En esta situacion critica vuestros esfuerzos pueden traer muchas sonrisas y trannquilidad  a las victimas del terremoto. Vamos a orar ye deso que muy pronto podeomos oir, senti, y leer que hay cambios muy positivos en Nepal. Muchas gracias otra veza la EPA que me permitio pones mis palabras en esta feliz ocasion. Me gustaria desear a la EPA para obtener mas exito y mejor en los proximas anos.

Wednesday, May 20, 2015

en EPA

नलगाउ सान्त्वनाका मलम
घाउहरु निकै गहिरा छन्
गुनासो के गर्नु र पराइ सँग
आफन्त नै मेरा बहिरा छन्,,

भग्नावेशमा पुरिएका छन् अभिलाषा, खोतल्दै छु म नङ्राहरु खियाउदै सायद अभिसाप नै भयो जिन्दगी आज। रहर र सपनाको के कुरा यहाँ शहर नै पुरिएको छ। बस्ती पुरिएको छ जीवन र जिन्दगी पुरिएका छन्। ढुङ्गा,माटो,पत्थर सङ्ग मितेरी लगाएर कथित बांचेका जीवनहरु पनि एक्कासी त्रास र धक्का सँगै चर्किएको छ, हरेक आवाजहरु सँग झर्किएको छ। हावाका झोक्काहरुले पनि तर्साउन्छ, हरेक चराचुरुङ्गी मयुर अनि डाँफे मुनालका नाचहरुले पनि रुवाउंछ।।।    

हराएकै त रहेछ सरकार देशमा
कि कतै भग्नाबेशमा पो पुरियो!
कही कतै भेटिएन भन्छन् पीडितहरु
कतै त्रिपालमा पो गुट्मुटियो कि?
पहुँच हुनेले रातारात भेट्छन अरे

राजधानि मै बेखबर छ सरकार, दुर बस्तिको के कुरा,
भेटिन्नन् छाया कहीकतै अझै, हिजो अस्तिको के कुरा 

भो पिउन्न म भन्थें मनले मानेन
अड्कलेर पिउन ज्यानले जानेन !

Friday, May 1, 2015

कसोरी भुलौंला, नयाँ साल थियो EQ

१२२ १२२ १२२ १२२

नसोध्नू मलाई, दुखेको छ देशै
ठगेको छ भाग्य, चुकेको छ देशै

नसोचे कसैले, भएको छ आजै
परेली भिजेको, रुझेको छ देशै

नभुल्ने पिडा यो, थुपारी शिरैमा
चिरेको छ धर्ति, धुजेको छ देशै

छ माटो पियारो, मिलेरै सिचौं है
र ईनार खन्छौं, सुकेको छ देशै

कसोरी भुलौंला, नयाँ साल थियो
फलाऔं फुलाऔं, रुकेको छ देशै

मतलबी रैछस् दैब EQ

मतलबी रैछस् दैब,  रुवाएर गइस  
बांचेका लाई आँसुमा, डुबाएर गइस

न झोका देख्यौं न, लहरहरु तेरा
आयोआयो रे भन्दैमा, नुघाएर गइस

छोडिनस् मठमन्दिर, बाल युवा ब्रिद्द
नेपाली शान भुइँमा, छुवाएर गइस

कहिल्यै नझुक्ने यो, चन्द्र सुर्य झन्डा
केहिदिन त शोकमा, झुकाएर गइस

नखेल्नु खेल खेलिस, धर्तिको काखमा
गोर्खाली´को इतिहाँस, दुखाएर गइस

हांसेको को छ र? EQ

हप्तौं भयो यां, हांसेको को छ र
ज्युंदो भए नी, बाँचेको को छ र?

आहत् सुनिन्छ, राहत् त हरायो
देख्यौ जिन्दगी, सांचेको को छ र?

बिक्ष्यप्त् हामी, खांचो छ शक्तिको
शोकको धुनमा, नाचेको को छ र?

नेपालीको मन्, नरोएको कां छ
सौहाद्र माला, गांसेको को छ र?

उठ्नु पर्छ अब्, जुट्नु पर्छ हामी
याद छातीमा, टांसेको को छ र ?

#नेपाल र नेपालीको छातीमा र ईतिहासको त्यो कालोदिन २०७२ बैशाक १२ गते १२ बजेको अनिस्ट भूकम्पले निम्त्याएको शोक बिस्तारै भुल्नै पर्छ,बिर्सनै पर्छ र आपसी हातेमालोमा चल्नै पर्छ 

सलाम छ

कबिता र गजलमा, अटेनन् शोक´हरु
घाइते र लासले, भरिएका चोक´हरु

थियो मध्यान्ह बेला, दैबले झुक्यायो
सुस्ताएका पलमा, आत्तिए लोक´हरु

कस्तो खेल खेलेछ, धर्तिले त्यो गर्भमा
सम्हालिनै नसक्ने, अनिस्टथे झोक´हरु

लाग्दैन विश्वाश नै, लडे धरोहर सारा
के पाईस् इश्वर, लुटी सारा थोक´हरु

सलाम! छ मेरो, नेपाली जवानलाई
उद्दारमा खटिँदै छौ, भूली रोगभोक´हरु

Dedicated to Nepali Army, Police, youths and Volunteers


नठाने ल साथी G

१२२ १२२ १२२ १२२
फऊलुन फऊलुन फऊलुन फऊलुन

बिहानी हरायो नठाने ल साथी
जवानी डरायो नठाने ल साथी

जितेको छु मैले दुनियाँ भरिको
गफाडी करायो नठाने ल साथी

फूलाऔं मिलेरै बगैंचा छ खाली
पहाडै ठडायो नठाने ल साथी

निचोरी बलुवा निकालौं न पानी
छ फुर्ती लडायो नठाने ल साथी

पिडा यो सबैमा छ धैर्य गरेको
र डोको भरायो नठाने ल साथी

just followed Awaj Sharma EQ first Sher (matala) is posted in his post 1 may

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...