Sunday, May 31, 2015

गीत पिरतीले, मात दिएन

फूल दिन्छु भन्नेले, पात दिएन
जँघारमा आज् किन, हात दिएन


भूलीगयो कसम् देउरालीको बाचा 
दिन् बित्यो बेचैनमा, रात दिएन।।

नशा अरे पिरती हल्का पिउन थालें
मलाई भने पिरतीले, मात दिएन


जुनि काट्ने संसङ्गै, भनि भेटमा
बेइमानिले आखिरमा, साथ दिएन


फूल दिन्छु भन्नेले, पात दिएन
जँघारमा आज् किन, हात दिएन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...