भत्किएका महल सँगै, शहर बसाल्नु छ
क्षतबिक्ष्यत मनहरुको, लहर बसाल्नु छ
चोइटिए छाती कतै, चुंडिए जिन्दगी कतै मार्नु पनि त भएन ति, रहर बसाल्नु छ
हराएका अझै छैनन्, आत्मा कबिहरुको पनि बर्ण-बिन्यास बिग्रहका, बहर बसाल्नु छ
झेल्यौं झेल्नु थियो, उतार चढाव् प्रकृतिका तानेर घाम जून आकाशका, प्र´हर बसाल्नु छ
भग्नावेशका थुप्रो भित्र, बांकि कति आस्थाहरु खोजी तिनै आस्था पुरानै, शहर बसाल्नु छ
No comments:
Post a Comment