Sunday, May 31, 2015

गीत गजल

उनको आङ्गनमा त, जून उदाउंछु भन्छ
कसोरी सहनु मैले, आँखा जुधाउंछु भन्छ

ति लजालु ओठ उन्का,ती नयनमा छिरेर
सुटुक्क मेरी उनलाई, आजै कुदाउंछु भन्छ

गोधुलिमा बास बस्न, बलेशिमा झर्छ जून
धर्ति´मा परीहरु´को, कथा सुनाउंछु भन्छ 

पोल्टा भरी ताराहरु, चुल्ठाभरी लालिगुरांश्
सिउंदो भर्न इन्द्रेणी, पनि चुडाउंछु भन्छ

प्रहर् प्रहर ब्युंझाउंछ, चिमोटेर रोशनीले
पुर्णिमाको झोलुङ्गोमा, अहो झुलाउँछु भन्छ

लुट्पुटिएर उनकै काखमा, खेल्छ मेरै सामु
जिन्दगीका पिर ब्यथा, सदा भुलाउंछु भन्छ

उनको आङ्गनमा त, जून उदाउंछु भन्छ
कसोरी सहनु मैले, आँखा जुधाउंछु भन्छ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...