Sunday, May 31, 2015

गीत गजल

उनको आङ्गनमा त, जून उदाउंछु भन्छ
कसोरी सहनु मैले, आँखा जुधाउंछु भन्छ

ति लजालु ओठ उन्का,ती नयनमा छिरेर
सुटुक्क मेरी उनलाई, आजै कुदाउंछु भन्छ

गोधुलिमा बास बस्न, बलेशिमा झर्छ जून
धर्ति´मा परीहरु´को, कथा सुनाउंछु भन्छ 

पोल्टा भरी ताराहरु, चुल्ठाभरी लालिगुरांश्
सिउंदो भर्न इन्द्रेणी, पनि चुडाउंछु भन्छ

प्रहर् प्रहर ब्युंझाउंछ, चिमोटेर रोशनीले
पुर्णिमाको झोलुङ्गोमा, अहो झुलाउँछु भन्छ

लुट्पुटिएर उनकै काखमा, खेल्छ मेरै सामु
जिन्दगीका पिर ब्यथा, सदा भुलाउंछु भन्छ

उनको आङ्गनमा त, जून उदाउंछु भन्छ
कसोरी सहनु मैले, आँखा जुधाउंछु भन्छ

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...