Friday, May 1, 2015

कसोरी भुलौंला, नयाँ साल थियो EQ

१२२ १२२ १२२ १२२

नसोध्नू मलाई, दुखेको छ देशै
ठगेको छ भाग्य, चुकेको छ देशै

नसोचे कसैले, भएको छ आजै
परेली भिजेको, रुझेको छ देशै

नभुल्ने पिडा यो, थुपारी शिरैमा
चिरेको छ धर्ति, धुजेको छ देशै

छ माटो पियारो, मिलेरै सिचौं है
र ईनार खन्छौं, सुकेको छ देशै

कसोरी भुलौंला, नयाँ साल थियो
फलाऔं फुलाऔं, रुकेको छ देशै

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...