Friday, May 1, 2015

मतलबी रैछस् दैब EQ

मतलबी रैछस् दैब,  रुवाएर गइस  
बांचेका लाई आँसुमा, डुबाएर गइस

न झोका देख्यौं न, लहरहरु तेरा
आयोआयो रे भन्दैमा, नुघाएर गइस

छोडिनस् मठमन्दिर, बाल युवा ब्रिद्द
नेपाली शान भुइँमा, छुवाएर गइस

कहिल्यै नझुक्ने यो, चन्द्र सुर्य झन्डा
केहिदिन त शोकमा, झुकाएर गइस

नखेल्नु खेल खेलिस, धर्तिको काखमा
गोर्खाली´को इतिहाँस, दुखाएर गइस

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...