Friday, May 1, 2015

सलाम छ

कबिता र गजलमा, अटेनन् शोक´हरु
घाइते र लासले, भरिएका चोक´हरु

थियो मध्यान्ह बेला, दैबले झुक्यायो
सुस्ताएका पलमा, आत्तिए लोक´हरु

कस्तो खेल खेलेछ, धर्तिले त्यो गर्भमा
सम्हालिनै नसक्ने, अनिस्टथे झोक´हरु

लाग्दैन विश्वाश नै, लडे धरोहर सारा
के पाईस् इश्वर, लुटी सारा थोक´हरु

सलाम! छ मेरो, नेपाली जवानलाई
उद्दारमा खटिँदै छौ, भूली रोगभोक´हरु

Dedicated to Nepali Army, Police, youths and Volunteers


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...