Wednesday, May 20, 2015

en EPA

नलगाउ सान्त्वनाका मलम
घाउहरु निकै गहिरा छन्
गुनासो के गर्नु र पराइ सँग
आफन्त नै मेरा बहिरा छन्,,

भग्नावेशमा पुरिएका छन् अभिलाषा, खोतल्दै छु म नङ्राहरु खियाउदै सायद अभिसाप नै भयो जिन्दगी आज। रहर र सपनाको के कुरा यहाँ शहर नै पुरिएको छ। बस्ती पुरिएको छ जीवन र जिन्दगी पुरिएका छन्। ढुङ्गा,माटो,पत्थर सङ्ग मितेरी लगाएर कथित बांचेका जीवनहरु पनि एक्कासी त्रास र धक्का सँगै चर्किएको छ, हरेक आवाजहरु सँग झर्किएको छ। हावाका झोक्काहरुले पनि तर्साउन्छ, हरेक चराचुरुङ्गी मयुर अनि डाँफे मुनालका नाचहरुले पनि रुवाउंछ।।।    

हराएकै त रहेछ सरकार देशमा
कि कतै भग्नाबेशमा पो पुरियो!
कही कतै भेटिएन भन्छन् पीडितहरु
कतै त्रिपालमा पो गुट्मुटियो कि?
पहुँच हुनेले रातारात भेट्छन अरे

राजधानि मै बेखबर छ सरकार, दुर बस्तिको के कुरा,
भेटिन्नन् छाया कहीकतै अझै, हिजो अस्तिको के कुरा 

भो पिउन्न म भन्थें मनले मानेन
अड्कलेर पिउन ज्यानले जानेन !

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...