Sunday, May 31, 2015

हार्नु पर्ने जीवनहरु EQ

खेल रैछ धर्तिको, हार्नु पर्ने जीवनहरु
बाचुं लाग्ने रहर, मार्नु पर्ने जीवनहरु

नभरिँदै झोला जिन्दगीका चोला तिनै
मलामी कात्रो बिना तार्नु पर्ने जीवनहरु

जिन्दगीको कमाइ, ढुङ्गा माटो छानो
थिचियो त्यसैमा, फार्नु पर्ने जीवनहरु

क्षण् भरमै अहो, महल बाट सडकमा
आखिर राहतमा, टार्नु पर्ने जीवनहरु

गएका फर्कँदैनन्, आफन्ती आफन्तका
बाँकी केवल आँसु, झार्नु पर्ने जीवनहरु

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...