Wednesday, June 3, 2015

केही शेर

छैन भन्छन् साथी देउता मन्दिरमा
तेत्तिस् कोटी मध्य एउटा मन्दिरमा ,,

कानुनको कठघरामा, निसाफ मैले पाईन 
जलाउंथे नजिर एेन, किताब मैले पाईन !!

मन्दिर धाउंदैमा म आस्तिक हुँदिन 

भजन् नगाउँदैमा म नस्तिक हुँदिन  

सम्हालिदैन यो मन अतित सम्झेर 

हाँस्दैछ यो दुनियाँ पतित सम्झेर 

नाजवाफ भएं म, मुल्य सोध्यौ मायाको 
टांसेको हुँदैन त, मूल्य खोज्यौ मायाको 

आँखै आँखामा आज, प्रेम् दर्साएको थिएं 

बुझिनौ त्यो भाकामा, प्रेम बर्षाएको थिएं 

दिलको सुनौं कि, मनको साथी 

मन पर्छ फूल, बनको साथी केही शेर 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...