Wednesday, June 3, 2015

adding more




छाडेर जानु रहेछ, सब थोक जिन्दगीमा
ब्यर्थै छ तेरोमेरो, ठुलो शोक जिन्दगीमा
उपचार त हुँदैन, इर्श्या मोह लालशाको
सदैब पालेर बस्छौ, किन रोग जिन्दगीमा
-----------
आउ मिलेर हाम्रो कहानी लेखौं
प्रतिक्षाका मिर्मिरे बिहानी लेखौं
नमेटिने मसिले प्रितको कसिमा
बर्तमान अभिशप्त जवानी लेखौं
------------
मेरो त सधैं नै, मोज देख्छौ
लोभि दृष्‍टिकोण रोज देख्छौ
मेरा खुशि, नपचेर त होला
रित्ता टपरिमा, भोज देख्छौ
-----------
नलेख भो गित गजल, सताउंदिन अब
पानी माथिको ओभानो पत्याउंदिन अब
कैयौं रात बिते होलान् अल्झिएर यादमा
तारा गन्दै अाइन्दा रात् कटाउंदिन अब !!

भिड छ जात्रा छ, बस्तिको सडकमा
उसै´को खोजिमा, अस्तिको सडकमा

नसोध मलाई गजल के हो भनेर
दिल दुखेकाहरु रिसाउनेछन् यहाँ
;';';';';
मनको ब्यथा, सुनाउनेछु कुनै दिन
फूलका डाली, नुघाउनेछु कुनै दिन
कोरेर गीत गजल कबिता तिम्रै नामका
सुन्छ्यौ सानु, गुन्गुनाउनेछु कुनै दिन
,.,.,.,.,.,.,
दिलको सुनौं कि मनको सानु
आउंछ पुरानै रनको सानु
अल्झेला पछ्यौरी कोतारे दुख्छ
न आउ है बाटो बनको सानु

////
एेना हुँं म टुट्न सक्छु तिम्रा ईशाराहरुले
नहेर अब् फुट्न सक्छु तिम्रा ईशाराहरुले

आफन्तले साथ दिएनन्, पराइको के कुरा
किनारमा डुबेको मान्छे गहिराइको के कुरा

लडेका धरोहर हुन, इँट र पत्थरका
आस्था र विश्वाश, सग्लै छन् यहाँ
कहीकतै धाँजा, फाटेका छन् धर्तिमा
सगर छुने मनहरु, अग्लै छन् यहाँ!!

दिलको पोखरीमा भरिएको छ लिएर जाउ
बदलामा दुई थोपा आँसु मात्र दिएर जाउ

ढाल्ने र उठाउने सुन्दा त रमाइलो लाग्यो
भग्नाबेश् र धरोहर होइन रहेछ सरकार अरे !!

हजुरलाई त मेरो, कहानी थाहा छ
नालिबेली कुथुङ्री, जमानी थाहा छ
तापेर आगो, भुङ्रोमा पानी खोत्याई
लुटेको पुरानो उही, जवानी थाहा छ।।fb posted




No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...