Wednesday, June 10, 2015

गजल बन्नेछ कानुन,

बन्नेछ कानुन, एउटा भर हुनेछ
नेपाली मात्रको, एउटा थर हुनेछ

चर्किएको धर्ति, पुरिनेछ बिस्तारै
छानो सहितको, एउटा घर हुनेछ

जहाँ मुठीमानो, बल्नेछ आगो सदैब
हरेक्'का आङ्गमा, एउटा धर हुनेछ

रामराज्य् नेपाल, चिन्नेछ विश्वले
कानुन् रखवाला, एउटा नर हुनेछ

कि गर कि मर, बुझ्नेछन् सबैले
कम से कम यां, एउटा डर हुनेछ !!









No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...