Friday, June 19, 2015

संघियतामा पाउनु पर्छ



- श्रीभक्त पौडेल 'आफन्त'

मेची दुख्दा, कर्णालीले रुन पाउनु पर्छ
जनकपुरेले, धौलागिरी छुन पाउनु पर्छ

बागमती-नारायणी, रै'छन् दिदिबहिनी
महाकालीमा लुम्बिनिको, धून पाउनु पर्छ

कोशीका अर्नाले, राप्तीको पानी पिउँछन्
कालिकोटे, हुम्लाकाले, नुन पाउनु पर्छ

गण्डकीको पटुकीले, सेती-भेरी नाप्दै
श्रीअन्तुमा उदाएको, जून पाउनु पर्छ

सगरमाथाको लालीगुराँश, शेर्पिनीको शिर
चौधै अञ्चल नेपाली झैं, हुन पाउनु पर्छ 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...