Thursday, June 25, 2015

मालतीको भर छैन



धरो-धर्म राम-कसम, पिरतीको भर छैन 

मिल्छभने सँगैबसम, जिन्दगीको भर छैन  

छोडिजाने दुनियाँमा, मरी लानु के नै छ र 
मिठो हांसो मिठै बोलम, जवानीको भर छैन 

नजरले देखेका, बिपनीका साथी सङ्गी  
साछी मेरो यही कलम, सपनीको भर छैन 

दिन दहाडै दिल बिक्छ, पिरतीको बजारमा 
कस्लाई म छुरी धसम, जमानीको भर छैन 

मोह होकी मजबुरीले, मंगले रह्यो बिदेशमा 
लौन साथी कसो गरम, मालतीको भर छैन 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...