Tuesday, June 16, 2015

गजल नचलाऊ तिर भन्छन्

असारको दुधिलो मकै, साउनको खिर भन्छन्
घाइते भएँ नजरले, सेल झिक्ने झिर भन्छन्।

जवानी देख्दा थुक निल्ने, लोभिपापी धेरै यहाँ
तिम्रोलागि छँदै छु म, नमान भो पिर भन्छन्

हत्केलामा रेखा खोज्नु, समयको बर्बादी रै'छ
भाग्य हुन्छ पाखुरामा, नठोक है शिर भन्छन्

यो झरिमा एक्लै भिज्दा, कठै! भन्ने टाढा भए
उहि मान्छे छिर्कने हान्दै, नजाउन भिर भन्छन्

छातीभित्र बिस्फोट हुँदा, संसार नै यो धुवांधुवां
आफुँ बोकि गोला बारुद, नचलाऊ तिर भन्छन्
...................
photo:google

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...