Sunday, June 14, 2015

क्षितिज र मेरा केही सेन्युहरु

कस्ले पोतेछ
त्यो निलो आकाशमा
सुनौलो रङ्ग,

हैरान छु म
बदलि रहन्छ त्यो
रङ्ग कसोरी,

बादल् पापीले
कालो सिरक् ओढायो
छेकियो नि त,

हवाई धुवां
शहरको चाप र
बाफिलो दिन,

समानन्तर
बाछिटाले सायद
धुंदै छ मैलो,

दोश आखिर
परिवर्तन लाई
कस्तो चलन ?

आफ्नै गतिमा
नियमित गन्तब्य
डुब्दै छ सुर्य,

आजभोलि म
सोचेको हुन्छु साथी
यस्तै यस्तै नै,

साँझको बेला
सागर किनारमा
दिन ढल्दै छ,
,,,,,,,,,,
जेष्ठ ३१, २०७२
आईतवार 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...