Thursday, June 4, 2015

लेखिएको भाग्य मेट्ने G


लेखिएको भाग्य मेट्ने, कालो चाहिएको छ
गन्तब्य निशाना भेट्ने, पालो चाहिएको छ

पारर्दर्शी हैन रै'छ, भेटिएनन् आफ्नै छाया 
यो दुनियाँ'दारी छेक्ने, जालो चाहिएको छ

मुखमा राम राम् छ्, बगलीमा छुरा देखें
बेइमानी लाई रेट्ने, भालो चाहिएको छ

अपाङ्ग म छँदै छैन, भरोषाको खोजीमा
जिन्दगीमा आज टेक्ने, डालो चहिएको छ

लेखिएको भाग्य मेट्ने, कालो चाहिएको छ 
गन्तब्य निशाना भेट्ने, पालो चाहिएको छ

photo: Tulsi Lohani 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...