Thursday, June 4, 2015

लेखिएको भाग्य मेट्ने G


लेखिएको भाग्य मेट्ने, कालो चाहिएको छ
गन्तब्य निशाना भेट्ने, पालो चाहिएको छ

पारर्दर्शी हैन रै'छ, भेटिएनन् आफ्नै छाया 
यो दुनियाँ'दारी छेक्ने, जालो चाहिएको छ

मुखमा राम राम् छ्, बगलीमा छुरा देखें
बेइमानी लाई रेट्ने, भालो चाहिएको छ

अपाङ्ग म छँदै छैन, भरोषाको खोजीमा
जिन्दगीमा आज टेक्ने, डालो चहिएको छ

लेखिएको भाग्य मेट्ने, कालो चाहिएको छ 
गन्तब्य निशाना भेट्ने, पालो चाहिएको छ

photo: Tulsi Lohani 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...