Saturday, September 12, 2015

तिजको कोशेली; तिजको लयमा

मर्किएर नाच्नलाई, आङ्गन हाम्रो सानो भो
सिङ्गो देश नेपालको, सगरमाथा छानो भो

मान्छे मार्ने लोकतन्त्र, संघियता नी चाहिएन
नेपाली बिचको आत्मियता, टुक्रा´उन पाईेएन

पशुपतीको देश हाम्रो, बुद्ध हाम्रो पहिचान
हकअधिकार समेटिएको, चाहियो संबिधान

चन्द्रसूर्य रातो झन्डा, फेर्न हुन्न कहिले´नी
हिन्दू राष्ट्र हाम्रो नेपाल, हुनुपर्छ जहिले´नी

साम्प्रदायिकता जातियता, नभड्काउ नेता हो
तराइ/ पहाड गुन्यु/चोलो, हिमाल फेता हो
 
जनताको चाहना, सम्बोधन र सरोकार
रोजगारीको ब्यबस्था, गर्नुपर्छ ए सरकार

आरक्षणका कोटा हैन, शिक्षा स्वास्थ्य रोजगार
कल कारखाना चालु गरी, घटाऊ बेरोजगार

Tuesday, September 8, 2015

पहिचानको

देशमा चर्चै चर्चा पहिचानको
आखिर खोटो पर्चा पहिचानको

छिनेर आफु राज गद्दी चाहिने
नबुझिने त्यो दर्जा पहिचानको

भुलेर् मातृत्व बात्सल्य पूरानो
कसोरी तिर्ने कर्जा पहिचानको

रहन्न नेपाली नेपालै नरहे साथी
नहोस् केबल ढर्रा पहिचानको

सिमा मेटिन्छ भेटिन्न कहिल्यै
नखोज कोर्न धर्सा पहिचानको 

नजर उस्तै छ तिम्रो

8 september,2015 Konxa!own click
मौषम बदलिए, रहर उस्तै छ तिम्रो
हिमचुली झै दन्त, लहर उस्तै छ तिम्रो

बसाइ सर्यौ अरे, आकाश धर्ती त एउटै
फर्केर आउ आजै, शहर उस्तै छ तिम्रो

हामी बिचको अन्तर्, सुन्यसुन्य नै त छ
पापी छ यो दुनियाँ, नजर उस्तै छ तिम्रो

सु-कोमल् स्पर्श ती, हृदयका स्पन्दन
झंकार् गित् गजलको, बहर उस्तै छ तिम्रो





कबिता त मन हो

लेखिएका अक्षरहरुले नै सोधे
कि तेरा कबिता कसले सुन्छ?
कसलाई फुर्सद छ र, यहाँ?
तेरा इन्क्लाबी नाराहरु,
शासन,सत्ता र संस्कार
बिरुद्धका बुलन्दी आवाजहरु?
च्यांट्ठीदै थिए,
अपमान नगर म र मेरा शब्दहरु
धेरै अबमुल्यन गरिस् हिजो,
त्यसैले बन्द गर तेरा कलम र कागज।
नतमस्तक हुन्छु म,
कलम चलाऊन नै सकस हुन्छ।
भन्थे, कबिता त मन हो
कोमल हुन्छ, कठोर हुन्छ
तर मेरा कबिताहरु
कसोरी अक्षरहरुलाई नै बिजाउन थाले?

फेरी साब्धान गराउदै
भन्दैछु कसलाई फुर्सद छ र?
तेरा कबिता सुन्ने र पढ्ने?
देख्दैनस्!
मान्छे कति ब्यस्त छन् शहरमा
आगो बाल्न र जलाउन,
आदेश माथि आदेश
गोली चलाऊन,
मान्छे मार्न आतुर छ
मर्न पनि,
हरेक मान्छे शहिद बन्न चाहन्छ,
पूराना मुर्ती ढालेर,
आफ्नो मुर्ती बनाउन चाहन्छ
फुर्सद कसलाई छ र ?
आफ्नो पहिचानको राज्य
सिमान्कन, ब्यक्ती ब्यक्तीको कानुन
¨नेता¨बन्न चाहन्छ
भाषण गर्न चाहन्छ।
त तेरो कबिता
सुन्ने फुर्सद कसलाई छ यहाँ?

Monday, September 7, 2015

देख्दैनौ ??


चलेको छ देश भन्छौ, जलेको देख्दैनौ
मक्किए ती हाड खोर, गलेको देख्दैनौ

सल्काउने धेरै छन, निभाउने भएनन्
अहो साम्प्र´दायिकता, बलेको देख्दैनौ

यो माछा माछा भ्यागुतो, खेल खेलाउनेले
भकुण्डो आफ्नै पोल्टोमा, छलेको देख्दैनौ

माली भए स्वार्थी, गोडमेल नै भाछैन
प्रकृति उस्तै धरोहर्, ढलेको देख्दैनौ 

कस्तो चाडपर्व धाम, मनाउंदैछौ

कस्तो चाडपर्व धाम, मनाउंदैछौ
शिब् ऋषि कि राम, मनाउंदैछौ

तिज´को लहर त, आएकै छैन
लौ तिज भन्दै साम, मनाउंदैछौ

न बरिलै भाका न टुप्पैमा जुरेली
´जनाबे अली´ आम, मनाउंदैछौ

कहिले पोइला जान, पाम पाम
कहिले देखाको थाम, मनाउंदैछौ

न चाम्रे अनदीको, न करेलीको अचार्
दूध´को साट्टो जाम, मनाउंदैछौ

थपडीको ताल् मादलुको घिन्ताङ्ग् छैन
रेकर्डमा भड्किलो खाल्, मनाउंदैछौ 

Sunday, September 6, 2015

गीत कहिले दोधारमा पार्यौ

photo google
कहिले दोधारमा पार्यौ, कहिले माया जालमा
बित्ने भयो लालीजोवन, सधैं ख्यालै ख्यालमा

छर छिमेकले कुरा काट्छन्, नहिंड मेरो बाटो
नजुधाउ, बदामी आँखा, बसी आँखी झ्यालमा

पानी भर्न आउन छाड्यौ, तामा गाग्री काखमा
लाछी डोरी लर्काएर, मर्की´मर्की हरिण चालमा

कहिले दोधारमा पार्यौ, कहिले माया जालमा
आज्ञादिए पञ्चैबाजा, घन्काउंथे आउने सालमा

कहिले दोधारमा पार्यौ, कहिले माया जालमा
बित्ने होकी लालीजोवन, सधैं ख्यालै ख्यालमा

Saturday, September 5, 2015

नजर चर्न खोज्छ हजुर

आजभोली किन किन, आँशु झर्न खोज्छ हजुर
माया भन्नू यस्तै रैछ, बसाई सर्न खोज्छ हजुर (पावल चाम्लिङ राई)

चौबन्दी र पटुकामा, छड्के तिलहरी लगाएका 
बैंशालु ति षोडसीका, नजर चर्न खोज्छ हजुर 

मूल बाटो बिर्सिए झैँ, भौँतारिएका मनहरु नै 
बैगुनीको मनै मन्मा, पिरती छर्न खोज्छ हजुर 

ईशारामा तीर् चल्छन्, घाइते हुन्छु एक्लै यहाँ 
जवानीले यो घाउमा, माया भर्न खोज्छ हजुर 

जिन्दगीका भबसागर, उन्को साथ पायो भने 
यी हातमा हात राखी, जंघार तर्न खोज्छ हजुर

Tuesday, September 1, 2015

सराब पिउँछन्

पिरतीमा जल्नेले सराब पिउँछन्
सहारामा चल्नेले सराब पिउँछन्

नसोध्नु कहिल्यै महोल बिग्रन्छ
साथ दिंदा ढल्नेले सराब पिउँछन्

भएन जित् अरे जीवनमा ए साथी
आँफै लाई छल्नेले सराब पिउँछन्

इर्श्या मोह डाहले बिरामी बनायो
त्यै आगोमा बल्ने सराब पिउँछन्

जानेर पिउँछन नजानी पिउँछन
जिन्दगीमा चल्नेले सराब पिउँछन

बाहिरी सृङ्गारमा भित्री सुन्दरता खै
मुहारमा दल्नेले सराब पिउँछन्

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...