Tuesday, September 8, 2015

पहिचानको

देशमा चर्चै चर्चा पहिचानको
आखिर खोटो पर्चा पहिचानको

छिनेर आफु राज गद्दी चाहिने
नबुझिने त्यो दर्जा पहिचानको

भुलेर् मातृत्व बात्सल्य पूरानो
कसोरी तिर्ने कर्जा पहिचानको

रहन्न नेपाली नेपालै नरहे साथी
नहोस् केबल ढर्रा पहिचानको

सिमा मेटिन्छ भेटिन्न कहिल्यै
नखोज कोर्न धर्सा पहिचानको 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...