Sunday, September 6, 2015

गीत कहिले दोधारमा पार्यौ

photo google
कहिले दोधारमा पार्यौ, कहिले माया जालमा
बित्ने भयो लालीजोवन, सधैं ख्यालै ख्यालमा

छर छिमेकले कुरा काट्छन्, नहिंड मेरो बाटो
नजुधाउ, बदामी आँखा, बसी आँखी झ्यालमा

पानी भर्न आउन छाड्यौ, तामा गाग्री काखमा
लाछी डोरी लर्काएर, मर्की´मर्की हरिण चालमा

कहिले दोधारमा पार्यौ, कहिले माया जालमा
आज्ञादिए पञ्चैबाजा, घन्काउंथे आउने सालमा

कहिले दोधारमा पार्यौ, कहिले माया जालमा
बित्ने होकी लालीजोवन, सधैं ख्यालै ख्यालमा

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...