Tuesday, September 1, 2015

सराब पिउँछन्

पिरतीमा जल्नेले सराब पिउँछन्
सहारामा चल्नेले सराब पिउँछन्

नसोध्नु कहिल्यै महोल बिग्रन्छ
साथ दिंदा ढल्नेले सराब पिउँछन्

भएन जित् अरे जीवनमा ए साथी
आँफै लाई छल्नेले सराब पिउँछन्

इर्श्या मोह डाहले बिरामी बनायो
त्यै आगोमा बल्ने सराब पिउँछन्

जानेर पिउँछन नजानी पिउँछन
जिन्दगीमा चल्नेले सराब पिउँछन

बाहिरी सृङ्गारमा भित्री सुन्दरता खै
मुहारमा दल्नेले सराब पिउँछन्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...