Tuesday, September 8, 2015

कबिता त मन हो

लेखिएका अक्षरहरुले नै सोधे
कि तेरा कबिता कसले सुन्छ?
कसलाई फुर्सद छ र, यहाँ?
तेरा इन्क्लाबी नाराहरु,
शासन,सत्ता र संस्कार
बिरुद्धका बुलन्दी आवाजहरु?
च्यांट्ठीदै थिए,
अपमान नगर म र मेरा शब्दहरु
धेरै अबमुल्यन गरिस् हिजो,
त्यसैले बन्द गर तेरा कलम र कागज।
नतमस्तक हुन्छु म,
कलम चलाऊन नै सकस हुन्छ।
भन्थे, कबिता त मन हो
कोमल हुन्छ, कठोर हुन्छ
तर मेरा कबिताहरु
कसोरी अक्षरहरुलाई नै बिजाउन थाले?

फेरी साब्धान गराउदै
भन्दैछु कसलाई फुर्सद छ र?
तेरा कबिता सुन्ने र पढ्ने?
देख्दैनस्!
मान्छे कति ब्यस्त छन् शहरमा
आगो बाल्न र जलाउन,
आदेश माथि आदेश
गोली चलाऊन,
मान्छे मार्न आतुर छ
मर्न पनि,
हरेक मान्छे शहिद बन्न चाहन्छ,
पूराना मुर्ती ढालेर,
आफ्नो मुर्ती बनाउन चाहन्छ
फुर्सद कसलाई छ र ?
आफ्नो पहिचानको राज्य
सिमान्कन, ब्यक्ती ब्यक्तीको कानुन
¨नेता¨बन्न चाहन्छ
भाषण गर्न चाहन्छ।
त तेरो कबिता
सुन्ने फुर्सद कसलाई छ यहाँ?

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...